Monday, September 27

चेपुवामा माथिल्लो कणर्ली

एकीकृत नेकपा माओवादीका भेरी-कणर्ाली इन्चार्ज खड्गबहादुर विकको प्रसंग उठ्नासाथ माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाका इन्जिनियरहरू हाँस्छन्। गत वर्ष माघ १० गते दैलेखको टुनिबगरमा आयोजित आमसभामा उनले भनेका रहेछन्, "सुरुङ यहाँ खन्दैछन्। पावर हाउस लखनउमा राख्दैछन्। पानी लैजान बहराइचमा नहर बन्दैछ।" लगत्तै सुर्खेत ओर्लेर पत्रकार सम्मेलनमा उनले भनिदिए, "चार दिनभित्र बन्द गराएर भारतीय कम्पनीलाई फिर्ता पठाउने छाँै।"

तर, अब भने आयोजनाका कर्मचारी त्यसरी हाँस्न सक्ने छैनन्। किनभने, त्यसबेला विक र क्षेत्रीयस्तरका केही नेताहरूले मात्रै माथिल्लो कणर्ाली निर्माण अनुमति पाएको जीएमआर नामक भारतीय कम्पनीविरुद्ध जेहाद छेडेका थिए, माओवादीको केन्द्रीय नेतृत्व यसबारे मौन थियो। अहिले भने एकीकृत माओवादीको केन्द्रीय नेतृत्व नै सो आयोजनाको निर्माण रोक्ने मनस्िथतिमा पुगेको छ। यसले आयोजनाको भविष्यमा कस्तो असर पार्छ भन्ने अहिल्यै भन्न नसकिने परयिोजनासम्बद्धहरू बताउँछन्।

Thursday, September 16

फोहोरको संक्रमण

आधुनिक युगको सहरीकरण, औद्योगीकरण तथा नवीन जीवनशैलीको पाश्र्व प्रभावस्वरूप फोहोर व्यवस्थापन ज्वलन्त चुनौती बन्दैछ। अझ विकासोन्मुख राष्ट्रहरू, जहाँ राजनीतिक स्िथरता नागरकि अनुशासनका रूपमा विकास भएको छैन, यस्ता देशका सहरहरू फोहोरको समस्याबाट आक्रान्त छन्।

नौ सय वर्गकिलोमिटर क्षेत्रफल भएको काठमाडौँ उपत्यकाको जनसंख्या करबि ४० लाख छ। काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा जनसंख्या वृद्धि ४ दशमलव ७१ प्रतिशत छ, जुन विश्वकै उच्च वृद्धिदर हो। जनसंख्या वृद्धिसँगै भवन निर्माण, सवारीसाधन र उपभोग्य वस्तुको तीव्र विस्तारका कारण वातावरणीय तथा पर्यावरणीय सन्तुलन खल्बलिएको छ। खानेपानीको अभाव, ढल निकासको अव्यवस्था तथा अव्यवस्िथत सहरीकरणले गर्दा हाम्रो राजधानी खत्यन्तै कुरूप तथा फोहोर हुँदै गइरहेको छ।

घरेलु फोहोर, निर्माणजन्य फोहोर, उद्योग तथा व्यापारकि केन्द्रका फोहोर, अस्पतालजन्य फोहोर, विद्युतीय तथा विकिरणजन्य फोहोरले गर्दा काठमाडौँ उपत्यकामा दैनिक तीन सयदेखि चार सय टन फोहोर जम्मा हुने गर्छ। यसमध्ये करबि ७० प्रतिशत जैविक ठोस फोहोर हुने गर्छ, जुन ब्याक्टेरयिाद्वारा कुहिएर आदर््र वा भिजेको रूपमा हुन्छ।