Tuesday, December 15

कोपनहेगन पिकनिक

जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन महाभेलाको सफलता कामना गर्दै काठमाडौं दरबार स्क्वायरमा 'क्लिन इनर्जी नेपाल' नामक संस्थाले पूजा लगाएको पृष्ठभूमिमा हिमालको सुन्दर चित्र अगाडि ब्राह्मण पढाएर 'स्वाहा' गरिँदै खुला ठाउँमा दाउरा बालिएको भुइँभरि अबिरको धूलो छरिएको धूवाँको मुस्लो आकाशतिर उडिरहेको खरानी वायुमण्डलमा मिसिएको पानी पार्ने, मौसम नियन्त्रण गर्ने, वातावरण सफा राख्ने प्राणीलाई अक्सिजन दिएर बचाउने रूख मासेर ल्याएको काठ ह्वारह्वारी बलिरहेको

गत वर्ष विश्व हात धुने दिवस नेपालमा पनि धुमधाम मनाइयो धेरैतिर कार्यक्रम भए तीमध्ये सरकारी स्तरबाट भएको मुख्य कार्यक्रमका अतिथि आयोजकले हातै नधोई पोका फुकाएर खाजा खाएका थिए जलवायु परिवर्तन महाभेलाको सफलता चाहने यो पूजा पनि यस्तै उदाहरण हो वातावरण सन्तुलनको मुद्दामा लगाइएको यज्ञले नै वातावरण दूषित बनाएको

जलवायु गडबडीको सम्बन्ध वातावरणसँग बढी नेपालमा वन विनाश बढ्दो सहरहरू दुर्गन्धित छन् फोहोर उठाउन सकिएको छैन सडक धुलाम्मे छन् पर्यटकहरू नाक थुनेर हिँडरहेका हुन्छन् हिमाली देशको स्वच्छ हावा खान आएका पाहुना अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि मास्क रुमालको सहारा लिन बाध्य छन् हामी भने सरसफाइ वातावरण बचाउमा लाग्नुभन्दा फोहोर पारेर 'जलवायु' को पूजा गरिरहेका छौं विषयको संवेदनशीलताभन्दा नयाँ-नयाँ नाटक सिर्जना गरी आफ्नै प्रशंसा खोज्न पल्केका छौं के गर्दा 'जलवायुको डलर' बढ्ता र्झछ भन्नेमा यतिबेला धेरैको ध्याउन्न

जलवायु परिवर्तनको असरलाई नै ध्यानाकर्षण गर्न प्रधानमन्त्रीले अमेरिका भ्रमणका बेला सगरमाथाको ढुंगा उपहार लगेका थिए कोपेनहेगनमा पनि त्यहींका ढुंगा पुर्याइएको उपहारका लागि पटक-पटक चट्टान फुटाउँदा सगरमाथामा पहिरो गई हाम्रो देशको कीर्तिमान भत्कन सक्छ ! त्यसैले बाराक ओबामा बान कि-मुनहरूलाई सगरमाथाका ढुंगा होइन, वागमतीको पानी उपहार देऊ त्यसो गर्दा 'जलवायु परिवर्तन' कति भएछ, उनीहरूले पनि थाहा पाउनेछन् किनकि, बिग्रेको 'जल वायु' वागमतीमा पो ! त्यो देखाए पो सहयोगका लागि दुई हात जोड्नुपर्ने थिएन

हाम्रो देशमा मौसमीय वातावरणीय संकट सगरमाथाका कारण होइन, हामी राजधानीवासीको बौद्धिक दरिद्रताले भइरहेको हामी दूषित छौं, त्यसैले डराइरहेका छौं हामी असभ्य छौं, त्यसैले लजाइरहेका छौं हाम्रो तापक्रम घटबढ भइरहेको , त्यसैले सगरमाथामा थर्मामिटर लगाइरहेका छौं हामी वातावरण दूषित बनाएर हावापानी बिगारिरहेका छौं हिमाल खस्छ भन्दै 'डलरको खेती' गरिरहेका छौं घरको छतबाट फ्यात्त फोहोर फाल्छौं गाडीको सिसा बन्द गरेर गेटबाट बाहिरिन्छौं खनेर खानेपानीका पाइप फुटाउँछौं ढलसँग मिसाइदिन्छौं दैनिक विष पिएर दूधका गुणबारे भाषण ठोक्छौं आफ्नो आँगन सफा राख्न नसक्नेहरू हिमालको झोलले बगाउने चिन्ता गर्दै ठूल्ठूला मञ्च ताक्छौं

जति बेला सरकार सगरमाथा फेदीमा दलबलसहित पुगेर बैठक गरिरहेको थियो, त्यही समय कैलालीमा 'सुकुम्बासी' ले वन कब्जा गरेका थिए सरकारले उनीहरूलाई बलपूर्वक लखेट्यो तर उनीहरूका समस्यामा बोल्न चाहेन बरु जम्बो जन्ती कोपनहेगनतिर पठायो प्रधानमन्त्रीज्यू, देशको माया भने कोपनहेगनमा पिकनिक खान होइन, वागमतीको फोहोर उठाउन सयजना जुटाएर देखाउनुस् आफूले राज्य गरेको देशको राजधानीमा गाडीको सिसा खोलेर हिँड्ने आँट गर्नुस् तब पो तपाईंको नाम जताततै लेखिनेछ कोपनहेगन जानु भने एक्लै जानुस्, राज्यकोषबाट किन लावालस्कर लानुहुन्छ ? तपाईंलाई यो देश गरिब हो भन्ने थाहा छैन ?

हुन पनि यति बेला डेनमार्कको कोपनहेगनमा ठूलो मेला लागेको गतिलो भोजभतेर चलिरहेको ठूला, शक्तिशाली धनी राष्ट्रहरू छरिता टोली लिएर त्यहाँ पुगेका छन् नेपालबाट भने करिब सयजनाको भिसा लागेको प्रधानमन्त्री, आधा दर्जनभन्दा बढी मन्त्रीसहित धेरै सरकारी अधिकारी राज्यकोष खर्चेर उडेका छन् अति धेरै प्रतिनिधित्व गैरसरकारी संस्थाबाट , जसले नेपालीको हितमा खर्चने प्रतिबद्धता जनाएको रकम उता खन्याएका छन् प्रधानमन्त्रीले गर्ने जम्माजम्मी मिनेट सम्बोधनमा ताली पड्काउन ठूलो लस्कर लागेको

मौसम परिवर्तनका कारण खडेरी परेर किसान फत्र्याकफत्र्याक हुँदा सबै एक कानले सुनेर अर्काले उडाइदिन्छन् जनता पानी पार्न भ्यागुताको बिहे गराउँछन् सरकार टीभी हेरेर हाँस्दै बस्छ गरिबका घरबार बाढीले डुबाउँदा वा दुर्गमवासी झाडापखालाको महामारीमा पर्दा सरकारलाई पुग्न हप्तौं लाग्छ प्रधानमन्त्रीको ध्यान अन्यत्रै हुन्छ यो फलानो विभागीय मन्त्रीको जिम्मेवारी भनेर एकले अर्कालाई पन्छाउँछ कोपनहेगन भने 'मेरो विभागको' भन्ने मन्त्रीबीच हारालुछ चलेको त्यहाँ मन्त्रीकै पल्टन लागेको

एउटा भिखारीलाई चाउचाउ खाँदा कार उपहार परेछ रेडियो, टीभी पत्रिकाका पत्रकारले उसलाई घेरेर सोधेछन्- 'तपाईं अब यो कार के गर्नुहुन्छ ?' 'यस्तो पनि प्रश्न हुन्छ ?' झोंक्किँदै उसले जवाफ दिएछ- 'यसैमा चढेर माग्न जान्छु नि !' हाम्रो देशलाई पनि 'जलवायु परिवर्तन' को चिठ्ठा परेको कोपनहेगनमा त्यसैको भोज चलिरहेको कि कसो ?
:: अखण्ड भण्डारी

No comments:

Post a Comment