Monday, August 20

भाउसँगै लोडसेडिङ बढ्यो, दिनमा सात घण्टा अन्धकार

विद्युत प्राधिकरणले बिजुलीको भाउ बढाएको चौथो दिनबाटै लोडसेडिङ पनि बढेको छ। प्राधिकरणले सोमबारदेखि लोडसेडिङलाई हप्तामा ४६ घन्टा बनाएको छ। 'हप्तामा चार दिन दुईपटक गरेर सात घन्टा र तीन दिन ६ घन्टाका दरले बिजुली कटौती हुनेछ,' प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भने। अहिले हप्तामा ३५ घन्टा लोडसेडिङ छ।

प्राधिकरणले भदौ १ बाट लागु हुने गरी बिजुलीको महसुल २० प्रतिशतका दरले बढाएको छ। महसुल निर्धारण आयोगले साउनदेखि नै बढाउन स्वीकृति दिए पनि प्राधिकरणले भने वार्षिक उत्सवदेखि मात्र बढाउने निर्णय गरेको छ। प्राधिकरणले भदौ १ गते आफ्नो २७ औं वार्षिक उत्सव मनाएको छ।

प्राधिकरणले घरायसी मासिक २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्तालाई भाउ नबढाए पनि त्यसभन्दा बढी खपत गर्नेलाई भने प्रति युनिट ७ रुपैयाँ ३० पैसादेखि ११ रुपैयाँसम्म बनाएको छ।

भारतबाट आउने बिजुली ३५ मेगावाटले कटौती भएको छ। यो वर्ष पानी कम परेको हुँदा भारतमा सिँचाइका लागि पानी तान्ने पम्पको प्रयोग बढेपछि त्यसले विद्युतको माग निकै बढाएको छ। त्यसले गर्दा भारतले नेपालमा आउने बिजुली कटौती गरेको हो।

Friday, August 17

जलविद्युतमा चीनको जोड

नेपालको जलविद्युतमा चासो राख्दै आएको चीनले नेपाललाई जलविद्युत लगानीमैत्री वातावरण बनाउन आग्रह गरेको छ। नेपाल-चीनबीच काठमाडौंमा सोमबार सुरु परराष्ट्रसचिव स्तरीय बैठकमा चिनियाँ पक्षले यस्तो आग्रह गरेको हो। 

'नेपालको जलविद्युतमा चिनियाँ लगानीकर्ता लगानी गर्न तयार छन्,' चिनियाँ उप-विदेशमन्त्री फु यिङलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, 'यसका लागि नेपालले लगानीमैत्री वातावरण बनाउनुपर्छ। जलविद्युतमा अहिले पनि धेरै समस्या छन्।' 

वार्तामा माथिल्लो त्रिशुली ३ 'ए' जलविद्युत आयोजनामा सहुलियत ऋण उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक भएको ती अधिकारीले बताए। यस्तै चीनले बाहिरी चक्रपथ निर्माण गर्न सकारात्मक रहेको जवाफ दिएको छ। नेपालले उपत्यकाको जनघनत्व बढ्दै गएपछि बाहिरी चक्रपथ निर्माणलाई अघि बढाउने निर्णय गरेको थियो। तर बाहिरी चक्रपथ निर्माणको प्रक्रिया भने अघि बढ्न सकेको छैन। 

नेपालमा चिनियाँ पर्यटन बढाउन सिधा हवाई सम्पर्क बढाउन पनि चीन सहमत भएको छ। 'चिनियाँ पर्यटक बढाउन हवाई सम्पर्क बढाउनेबारे सहमति भएको छ,' सहभागी ती अधिकारीले भने। चिनियाँ पर्यटक बढाउन काठमाडौं-ल्हासा बससेवा पुनः सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो।

Sunday, August 12

West Seti to China Three Gorges

The government has decided to grant China Three Gorges Corporation (CTG) permission to proceed on the 750MW West Seti Hydropower Project.

Earlier in March 2012, the Natural Resources and Means Committee of the now-defunct Constituent Assembly and the Investment Board had raised questions over a MOU signed with China Three Gorges International (CTGI), a subsidiary of CTG, and all progress was stalled.

A 22-member team consisting of the Energy Minister Posta Bahadur Bogati, Prime Minister Baburam Bhattarai’s economic advisor Rameshwor Khanal and acting director of the Investment Board Radhes Pant will travel to China on Tuesday for talks with CTG.

Source: www.nepalitimes.com.np

Thursday, August 2

तीन वर्षभित्र टोकार्डो प्रविधिबाट सय मेगावाट बिजुली

खोलामा सिधै टर्बाइन राखेर बिजुली उत्पादन गर्ने टोकार्डो प्रविधिबाट तीन वर्षभित्र सय मेगावाट बिजुली उत्पादन गरिने भएको छ। नेदरल्यान्डको टोकार्डो इन्टरनेसनल बिभी र नेपालको ग्लोटेक सोलुसनबीच यससम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भयो। पत्रमा टोकार्डोका तर्फबाट प्रमुख कार्यकारी हान्स भ्यान ब्रुगेल र टोकार्डोका प्रमुख कार्यकारी अधिकृत सुबोध त्रिपाठीले हस्ताक्षर गरे।

दुई कम्पनी मिलेर सन् २०१३ भित्र खुला टर्बाइन राखेर सुनकोशीको शैलेघाट, नारायणीको देवघाट, कर्णालीको लालीघाट र कोशीका विभिन्न ठाउँमा पहिलो चरणमा १० मेगावाट बिजुली उत्पादन गर्ने भएका छन्।
तस्बिर : टोकार्डो  टर्बाइन

सन् २०१४ भित्र थप सय मेगावाट बिजुली टोकार्डो प्रविधिबाट उत्पादन गरिनेछ। टोकार्डो टर्बाइन युरोपबाट ल्याउँदा बढी खर्च लाग्ने भएपछि नेपालमै कारखाना बनाउने सम्झौतामा उल्लेख छ। 'उत्पादन गर्न सकिने टर्बाइनका पार्टस् यही बनाइने छ,' ग्लोटेकका अध्यक्ष एजी शेर्पाले भने।

हेटौंडामा एसेम्बल प्लान्ट राखेर आगामी पुसदेखि टोकार्डो टर्बाइन उत्पादन हुने भएको छ। तीब्र बहाव भएका खोलामा टोकार्डोको टर्बाइन झुन्ड्याएर राखेपछि त्यसले क्षमता र पानीको बहावअनुसार ५० देखि सय किलोवाट बिजुली उत्पादन गर्छ।

पावर हाउस, सुरुङ, ड्यामजस्ता ठूला लगानी गर्नुपर्ने र लामो समय लाग्ने पूर्वाधार तयार गर्नु नपर्ने भएकाले यो प्रविधिबाटे ६ महिनामै बिजुली निकाल्न सकिन्छ। ग्लोटेकले विद्युत विकास विभागबाट २.४ मेगावाटको आयोजना बनाउन स्वीकृति पाइसकेेको छ। नेपालमै पहिलोपटक बनाउन लागिएको यस्तो प्रविधिलाई गत वर्षको असोजमा मन्त्रिपरिषदको बैठकले सैद्धान्तिक सहमति दिइसकेको छ।