Tuesday, October 23

विद्युतका लागि १५ दिनभित्र रुख काट्न दिनुपर्ने

जलविद्युत आयोजना बनाउनका रुख काट्नुपर्ने अवस्था आए वन मन्त्रालयले १५ दिनभित्र अनुमति दिनुपर्ने भएको छ। 

वन मन्त्रालयले जलविद्युतका प्रवर्द्धकहरूलाई रुख काट्ने स्वीकृतिका लागि लामो समय लगाउने गरेको गुनासो बढेपछि १५ दिनभित्र स्वीकृति दिनुपर्ने नयाँ प्रावधान मन्त्रिपरिषदले पारित गरेको छ। 

सरकारले हालै सार्वजनिक गरेको 'शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना' ले रुख काट्न अनुमति मागेको ३० दिनभित्र पनि स्वीकृति नदिए स्वतः अनुमति भएको मानी कारबाही अघि बढाउने उल्लेख छ। 

'प्रक्रिया पुर्‍याएर आउने हो भने स्वीकृति दिन ३० दिन पनि लाग्दैन,' वन मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले भने। उनले मन्त्रिपरिषदबाट पारित भएको कार्ययोजनाबारे दसंैंपछि छलफल गरेर अघि बढ्ने बताए। 

वातावरणीय प्रभाव मूल्यांकनसहित काटिने रुखको विवरण पेस गरे जलविद्युत आयोजनाका लागि कटान गर्न दिन कुनै समस्या नभएको मन्त्रालयले जनाएको छ। तर, जलविद्युत आयोजनाका प्रवर्द्धकले भने वन मन्त्रालयबाट विभिन्न अड्को थापेर महिनौंसम्म दुःख दिने काम भइरहेको बताएका छन्। 

Wednesday, October 17

पश्चिम सेती साइट हेर्न चिनियाँ सुदूरपश्चिममा

पश्चिम सेतीको साइट हेर्न चिनियाँ कम्पनी थ्री गर्जेजका प्रतिनिधि सुदूरपश्चिम पुगेका छन् । दुई दिनअघि नेपाल आइपुगेको ८ जना इन्जिनियरको टोली आयोजनास्थल डोटी गएको लगानी बोर्ड स्रोतले जानकारी दियो।

'कम्पनीले अहिलेसम्म साइट हेरेको थिएन,' बोर्ड स्रोतले आइतबार कान्तिपुरसित भन्यो, 'इन्जिनियरहरूको टोली धनगढी पुगेको छ ।' ७ सय ५० मेगावाटको पश्चिम सेती डोटी, डडेल्धुरा, बाजुरा र बैतडीको सिमानामा बन्ने छ । यो जलाशययुक्त आयोजना हो ।

चिनियाँ कम्पनी थ्री गर्जेजले उक्त आयोजना बनाउनेबारे फागुनमा समझदारी (एमओयू) भएको थियो । त्यसलगत्तै बिनाप्रतिस्पर्धा आयोजना दिएको र लाभको बाँडफाँड प्रस्ट नभएको भन्दै संसदको प्राकृतिक स्रोत साधन समितिले छानबिन गरेको थियो । समितिले आयोजना बनाउने जिम्मा बोर्डलाई दिन पनि निर्देशन दिएको थियो । त्यसपछि उक्त प्रक्रिया यत्तिकै रोकिएपछि दुई महिनाअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालसहित ऊर्जा सचिव हरिराम कोइराला र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसहितको टोलीले एमओयू गरेको कम्पनीको होल्डिङ (माउ) कम्पनी चाइना थ्री गर्जेनका प्रसिडेन्ट चेन फि र सञ्चालक समिति (बोर्ड) अध्यक्ष काओ ग्वागजिङलाई भेटेका थिए । यसैगरी तत्कालीन चाइना थ्री गर्जेज इन्टरनेसनल -सीटीजीआई) का अधिकारीसँग छलफल गरिएको थियो । यही कम्पनीका उपाध्यक्ष वाग सावफेङले एमओयूमा हस्ताक्षर गरेका थिए । उक्त कम्पनीको नाम अहिले परिवर्तन भएर सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन भएको छ ।

Monday, October 15

Government slaps fine on hydro project

Ministry of Energy has fined the project developer of Charnawati Hydropower Rs 1 lakh fine for breaching the Environment Conservation Act 2053.

The government has accused the Gyatri Hydro Power Private Ltd of digging a tunnel instead of using only pipes and canals to carry water to the power-house against the provision of Initial Environmental Examination (IEE) report under Section 14 of the Act.

It has further asked the developer to review the IEE before constructing the tunnel.

The Initial the Environmental Examination was conducted for mitigating the environmental aspects of small scale projects. Joint Secretary of the Ministry Rabi Aryal confirmed that the project had breached the law and made a huge impact on the environment.

Projects conduct the Initial Environmental Examination during the period of license survey and is to be approved by the Ministry of Environment.

Source: www.thehimalayantimes.com