Monday, July 5

धेरै समस्या एउटै समाधान बायोग्यास







बायोग्यास प्लान्टले समुद्री सतहभन्दा २१०० मिटरभन्दा माथि राम्रोसँग काम गर्दैन भनिन्थ्यो, तर ३८५० मिटरको उचाइमा अवस्थित लाङटाङ उपत्यकाको सबैभन्दा अग्लो बस्ती क्यान्जिङ गोम्पामा प्लान्ट स्थापना गरेर बायोग्यास सहयोग कार्यक्रम -बीएसपी-नेपाल) ले चौंरीगाईको गोबरबाट ग्यास उत्पादन गर्ने सरल उपाय पत्ता लगाएको छ । गाउँमा बायोग्यास प्लान्ट स्थापना भएकोमा खुसी ट्रेकिङ गाइड पासाङ डेम्दी शर्ेपा भन्छन्, "यसले थुप्रै दाउरा जोगाउनेछ र धेरै मानिसले प्लान्ट बनाउने छन् ।" उच्च हिमाली भेगमा प्लान्टको भूमिगत डाइजेष्टरको माथिपट्ट कम्पोष्ट थुपारिदिँदा डाइजेष्टरलाई न्यानो राख्न र ग्यास उत्पादन गर्न मद्दत पुग्छ ।
क्यान्जिङ गोम्पाको होटल याला पिकमा बनेको पहिलो प्लान्ट बाहिरबाट हर्ेदा फोहोरको थुप्रो जस्तै देखिन्छ, तर माथि वाफ उडिरहेको त्यस थुप्रोमुनि प्लान्टको भूमिगत डोम र डाइजेष्टरबाट जाडोमा समेत होटलको भान्छामा मिथेन ग्यास आइरहेको हुन्छ । "हामीले डाइजेष्टरलाई तातो राख्न सोलार हिटरदेखि ग्रीन हाउसभित्र बायोग्यास प्लान्ट निर्माणसम्मका धेरै तरिका अपनायौं । तर ती सबै महँगो समाधान थिए, कम्पोष्ट थुपार्नु सस्तो ठहरियो", बीएसपीका इञ्जिनियर हरिबहादुर केसी भन्छन् । जाडोमा ग्यास कम हुने समस्या भोगिरहेका होचा पहाडी र तर्राई भेगका उपभोक्ताले पनि यही उपायबाट ग्यास उत्पादनलाई यथावत् राख्न सक्ने उनको सुझाव छ ।

उच्च हिमाली भेगमा अनुसन्धान गर्ने उद्देश्यले बीएसपीले क्यान्जिङमा दर्ुइ वटा र लाङटाङ -३५५० मि) तथा घोडातबेला -३०५० मि) मा एक-एक वटा प्लान्ट बनाएको छ । हाल अनुसन्धानका साथै कार्यक्रमकै हिसाबले समेत मुस्ताङ, मनाङ, सोलुखुम्बु, डोल्पा, मुगु, हुम्ला, जुम्लामा पनि प्लान्टहरू स्थापना भएका छन् । यसले उच्च पहाडी तथा हिमाली भेगमा बायोग्यासको सफलतालाई प्रमाणित गरेको छ ।
बीएसपीका कार्यकारी निर्देशक सरोज र्राई सफलतामा रमाएर बस्ने मानिस होइनन् । सरकार, ब्याङ्क, दाता, प्राविधिक र किसानहरू सबैको सहयोगबाट नेपालको बायोग्यास कार्यक्रम अन्तर्रर्ााट्रयस्तरमा सफल भएकोमा प्रसन्न उनी यो प्रविधिलाई अझ व्यापक बनाउन तथा प्लान्ट निर्माण र निर्माणपछिको सेवाको स्तरीयतालाई कायम राख्न दृढ छन् । र्राई भन्छन्, "बायोग्यास नेपालका गाउँघरको इन्धनको आवश्यकताको उत्कृष्ट समाधान हो र यो अरू देशका लागि पनि मोडल बनेको छ ।"
फू ची चाङ, लाङटाङमा

1 comment:

  1. Anonymous26 July, 2010

    MR Lohani
    thanks for this artical which is really interesting but if you the the statistic of Nepal Agriculture Bank 80 percent of the small credit default from the cause of Biogas credit.Then imagine how it looks like.if it is the solution of all problems then how the small farmers are loosing their property for that biogas credit.Dalal of biogas company are making poor small farmer fool by showing lalipop to them.Have you ever see the after sell service of biogas company they are totally indifferent towards their costumer.they some sort of monopoly in the materials of biogas which we cant buy in the market freely.so it cant be like this which u think.

    ReplyDelete