Kathmandu,Nepal
प्रकृतिलाई मात्र नभएर आर्थिक क्षेत्रलाई समेत तहसनहस पार्न सक्छ । नेपाली अर्थतन्त्रको मुख्य आधार प्राकृतिक स्रोतमाथि जलवायु परिवर्तनको असर पर्न थालेपछि आर्थिक क्षेत्रमा समेत त्यसको परिणाम देखिन थालेको छ । जलवायु परिवर्तनको असर पर्यटन उद्योग, औद्योगिक क्षेत्र, जलविद्युत् आदि महत्त्वपूर्ण क्षेत्रहरूमा प्ार्ने भएकाले पनि सम्बन्धित व्यवसायमा आश्रति सबैको रोजगारीमाथि प्रश्नचिह्न खडा हुँदै गएको छ ।
हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी क्षेत्रले जलवायु परिवर्तनका कारण आर्थिक क्षेत्रमा पर्ने नोक्सानीका बारेमा यथेष्ट अध्ययन-अनुसन्धान गरिनसकेकाले यसबाट यति नै आर्थिक हानि हुन्छ भन्न कठिन छ, तर हाम्रो जस्तो विकासोन्मुख देश जहाँ सम्पूर्ण क्षेत्र प्राकृतिक स्रोतमाथि नै आश्रति छ, त्यस्तो ठाउँमा हुने आर्थिक नोक्सानी बढी नै हुने पक्का छ ।
अहिलेकै अनुपातमा पृथ्वीमा तापक्रम वृद्धि हुँदै जाने हो भने सन् २०३० देखि नदीमा पानीको बहाव १ सय ७० प्रतिशतले बढ्नेछ । विभिन्न अध्ययन- अनुसन्धानले पनि बदलिँदो मौसमसँगै हिमतालहरू विस्फोट र विलय भएर जाने निष्कर्ष निकालेका छन् । हालै नेपाल सरकारले २० वर्षमा २० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने योजना अगाडि सारेको छ, तर जलवायु परिवर्तनको समस्यालाई मध्यनजर गरेर योजना निर्माण नगर्ने हो भने जलविद्युत् उत्पादनको क्षेत्रमा गरिएको लगानी पनि खेर जान सक्ने देखिन्छ ।