आधुनिक युगको सहरीकरण, औद्योगीकरण तथा नवीन जीवनशैलीको पाश्र्व प्रभावस्वरूप फोहोर व्यवस्थापन ज्वलन्त चुनौती बन्दैछ। अझ विकासोन्मुख राष्ट्रहरू, जहाँ राजनीतिक स्िथरता नागरकि अनुशासनका रूपमा विकास भएको छैन, यस्ता देशका सहरहरू फोहोरको समस्याबाट आक्रान्त छन्।
नौ सय वर्गकिलोमिटर क्षेत्रफल भएको काठमाडौँ उपत्यकाको जनसंख्या करबि ४० लाख छ। काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा जनसंख्या वृद्धि ४ दशमलव ७१ प्रतिशत छ, जुन विश्वकै उच्च वृद्धिदर हो। जनसंख्या वृद्धिसँगै भवन निर्माण, सवारीसाधन र उपभोग्य वस्तुको तीव्र विस्तारका कारण वातावरणीय तथा पर्यावरणीय सन्तुलन खल्बलिएको छ। खानेपानीको अभाव, ढल निकासको अव्यवस्था तथा अव्यवस्िथत सहरीकरणले गर्दा हाम्रो राजधानी खत्यन्तै कुरूप तथा फोहोर हुँदै गइरहेको छ।
घरेलु फोहोर, निर्माणजन्य फोहोर, उद्योग तथा व्यापारकि केन्द्रका फोहोर, अस्पतालजन्य फोहोर, विद्युतीय तथा विकिरणजन्य फोहोरले गर्दा काठमाडौँ उपत्यकामा दैनिक तीन सयदेखि चार सय टन फोहोर जम्मा हुने गर्छ। यसमध्ये करबि ७० प्रतिशत जैविक ठोस फोहोर हुने गर्छ, जुन ब्याक्टेरयिाद्वारा कुहिएर आदर््र वा भिजेको रूपमा हुन्छ।
सार्वजनिक स्थान, सडक तथा पेटीमा भान्साको फोहोर, शौचालयको फोहोर, फोहोरको थुप्रोमा वीर्ययुक्त कन्डम, महिनावारीमा प्रयोग भएको प्याड, पोलिथिन प्लास्िटक, कागज, म्याद गुजे्रका औषधी, खाद्यपदार्थ तथा कीटनाशक औषधी, होटलको बासी खाना, चुरोटका ठुटा, मदिरा तथा अन्य पेय पदार्थका बोतल, सवारीसाधनजन्य फोहोर, सिमेन्ट, बालुवा, गिट्टी, रङ, कुहिएका वस्तु, पशुपक्षीका मल, कवाडी सामान, पशुपक्षीका अखाद्य अंगलगायत हजाराँै घटक देख्न सकिन्छ। अझ गर्मी तथा वषर्ायाममा भि“mगा, चरा तथा वषर्ाको पानीले फोहोर तथा फोहोर रसहरू सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछन्।
घरभित्रको फोहोरले रुघाखोकी, इन्फ्लुएन्जा, क्षयरोग, दादुरा, ब्रोंकाइटिस्, लहरेखोकी तथा लुतोजस्ता चर्मरोगहरूले फोक्सोको एलर्जी उत्पन्न गराउँछन्। मुसा, लामखुट्टे, झिँगा, साङ्ला तथा माउसुली आदिको टोकाइबाट उत्पन्न हुने रोग तथा यस्ता कीरा मार्न प्रयोग गरनिे औषधीको प्रभावले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्छ। पानी जमेको फोहोरमा लामखुट्टेको वृद्धि हुने भएकाले मलेरयिा, डेंगु, कालाजार, इन्सेफलाइटिस्जस्ता रोग सर्ने सम्भावना बढी हुन्छ। त्यस्तै, बंगुरको मलबाट नाम्लेकीरा, भैँसी र राँगोका मलबाट सानो नाम्लेकीरा, कुखुरा तथा अन्य पक्षीको मल तथा प्वाँखबाट बर्डफ्लु, एभिएन इन्फ्लुएन्जा, मुसाको टोकाइबाट प्लेग र रेबिजजस्ता रोगहरू सर्ने सम्भावना हुन्छ।
सडक तथा पेटीको फोहोरमा असंख्य ब्याक्टेरयिा तथा भाइरस हुने भएकाले मानिसहरूमा रोग सर्ने सम्भावना प्रशस्त हुन्छ। मुसा तथा चराहरूले एक ठाउँको फोहोर अर्को ठाउँमा लैजाने भएकाले घर कम्पाउन्ड सफा भएर मात्र रोगबाट बच्न सकिँदैन। त्यस्तै, गाडीको पाङ्ग्रा, जुत्ता-चप्पलबाट पनि सडकको फोहोर सजिलै घरभित्र प्रवेश गर्न सक्छ। फोहोरको थुप्रोबाट निःसृत पानी सतहहरूमा तथा जमिनमुनि पनि प्रवेश गर्ने भएकाले इनार तथा धाराको पानी पनि संक्रमित हुन्छ। नेपालजस्तो अविकसित तथा अल्पविकसित राष्ट्रमा आर्थिक तथा चेतनाको अभावका कारण नउमालेको पनि खाने प्रचलन छ। यसले गर्दा टाइफाइट, झाडापखाला, हैजा, जन्डिस, जुका, भाइरल संक्रमणजस्ता रोगहरू जनस्वास्थ्यमा प्रमुख चुनौती बनेका छन्। यसका कारण बर्सेनि हजारौँको मृत्यु भइरहेको छ। लाखाँै बिरामी भइरहेका छन्। र, अर्बौं रुपियाँ खर्च भइरहेको छ।
फोहोर व्यवस्थापन प्रत्येक नागरकिको कर्तव्य हो। सडक, चोक तथा गल्लीको फोहोर सभ्य समाजका लागि लाजको विषय हो। विदेशी पर्यटकले राजधानी तथा अन्य सहरी क्षेत्रमा देख्ने फोहोरको डंगुरले हाम्रो सभ्यता तथा पर्यटन व्यवसायलाई प्रभावित पार्छ। 'ल्यान्डफिल साइड'मा हुने फोहोरमाथिको राजनीतिले हाम्रो दुर्दशा भयानक सत्यका रूपमा स्थापित भइसकेको छ। महामारी फैलिएर जीउधनको नाश हुने फोहोर व्यवस्थापनमा रोकावट हुनुलाई सार्वजनिक अपराध अन्तर्गत राज्यले कडा नीति नियम बनाएर कार्यान्वयन गर्नुपर्छ।
फोहोर व्यवस्थापन भन्नाले फोहोर जम्मा गर्ने, यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने, फोहोरको पुनःप्रयोग गरेर मोहोर कमाउने, फोहोरलाई सुरक्षित स्थानमा लगेर नष्ट गर्ने र यस कार्यको निरन्तर अनुगमन गर्ने बुझ्नुपर्छ। प्रत्येक घर, कारखाना, अस्पताल, संस्था-कार्यालय आदिले आफ्नो फोहोर आफैँ जम्मा गरेर व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ। सामान्य कीटनाशक औषधीको प्रयोगदेखि विशेष गरी अस्पतालहरूलाई 'इन्सिनेरेटर' प्रयोगको अनिवार्यता सुनिश्चित गर्नुपर्छ। यसका लागि व्यक्तिगत तथा संस्थागत जिम्मेवारी र कडा अनुगमन संयन्त्र अपरहिार्य छ।
No comments:
Post a Comment