काठमाडौँको अमृत साइन्स क्याम्पसमा आईएस्सी द्वितीय वर्षको प्रयोगात्मक परीक्षाको मौखिकमा शिक्षकले सोधे, "काठमाडाँैको कान्तिपथ खण्डको शिक्षा मन्त्रालय र लैनचौरसम्मको बाटो हिँडेका छौ ?" मैले भनेँ, "छु।" "उसो भए त्यहाँका अग्ला रूखहरूमा तुर्लुंग झुन्डिने जनावरको वैज्ञ्ाानिक नाउँ भन त," फेर िशिक्षकले सोधे। म एकतमासले घोरएिँ। र, भनेँ, "चमेरो। पेट्रोपस वा फलाइङ् फक्स।"
व्यावहारकि कक्षाहरूमा यस्ता चमेराका अंगहरू देखिने गरी चित्र बनाउनुपथ्र्यो। विशेषता लेख्नुपथ्र्याे। त्यसैले पनि चमेराहरूप्रति मेरो एक खालको जिज्ञासा र आकर्षण थियो। मैले गुफा, ओसिलो सुनसान ठाउँ, खोँच, भवनका छत, प्वालहरूमा बसेका चमेरा बस्छन् भन्ने थाहा पाएको थिएँ। तर, दरबारको दक्षिणी खण्डमा मोटरगाडीको कोलाहल, मानिसहरूको आवतजावत, वायु र ध्वनि प्रदूषणका बीचमा पनि यी थुप्रै चमेराहरू झुन्डिरहेको देख्दा अचम्म लाग्थ्यो। आफँैले आफँैलाई प्रश्न गर्थें- किन यस्तो भइरहेको छ ?
थाहा भयो, चमेराहरू दुईथरी हुन्छन्। फलफूल खाने र कीराफट्याङ्ग्रा खाने। थुतुनो छोटो भएका साधारणतया उड्नका लागि पखेटा भएकाले चरा वर्गमा पर्नेजस्तो देखिए पनि चमेरा बच्चा जन्माएर दूध चुसाउने हुनाले स्तनधारी वर्गमा पर्छ। हूल तथा बथानमा बस्ने यो ठूलो चमेरा जसको पखेटा आधा मिटर फराकिलो र ३० सेन्टिमिटर लामो, खैरो रंगको भुवाले छोपिएको शरीर र थुतुनो ब्वाँसोको जस्तो हुनाले यसलाई 'उड्ने ब्वाँसो' पनि भनिन्छ। रातमा सक्रिय हुने, पाकेका फलफूल वा कीराफट्याङ्ग्रा खाने, एकान्त मन पराउने, लजालु स्वभावको चमेराको तौल भने निकै कम हुन्छ।

पहिला धेरै संख्यामा देखिने त्यस ठाउँका चमेरा अचेल कम हँुदै जानुका पछाडि धेरै कारण हुनसक्छन्। उसो त हरेक प्रजाति बसोबास, खाने बानी, व्यवहार, प्राकृतिक वातावरणसँग जुध्ने हिसाबले अर्को प्रजातिसँग भिन्न हुन्छ र लामो समयसम्मको विकासक्रमले ती प्रजातिहरू रहँदै, बस्दै र सन्तान उत्पादन गर्दै छुट्टै पहिचान बनाएका हुन्छन्। यसैले हरेक प्रजातिको प्राकृतिक नियममा बाँच्ने क्रममा आ-आपनो छुट्टै र विशेष महत्त्व रहेको हुन्छ। पारििस्थतिक प्रणाली र खाद्यचक्र यस्तो प्रक्रिया हो, जुन कुरा सन्तुलनमा राख्न एउटा एउटा प्रजातिको विशिष्ट भूमिका हुन्छ। जीवजन्तु, चराचुरुंगी, बोटबिरुवा, वातावरण र मानिसहरूको अन्तरसम्बन्धले नै पारििस्थतिक प्रणाली र खाद्यचक्र चलिरहेको छ। यी प्रजातिहरूको जीवनयापनका क्रममा भौतिक र जैविक कुराले सीमित तुल्याउँछ, जस्तो कि तापक्रम, आहारको पर्याप्तता, बसोबास वा स्रोतको प्रकार, प्रतिस्पर्धा इत्यादि। कुनै एक चीजको कमीका कारण पनि जीवजन्तुहरूमा प्रतिकूल असर पर्न जान्छ। त्यसैले जब हामी आफ्नो प्रयोगका लागि स्रोतको उपभोग गर्छांै, रूख काट्छौँ, नयाँ संरचना बनाउँछाँै, हामीले त्यससँग अन्तरसम्बन्ध भएका सयौँ प्रजाति विस्थापित गछार्ंै र अन्त्यमा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर हामी भोगिराखेका हुन्छौँ।
लगातारको मोटरगाडीको ध्वनि प्रदूषण, यी चमेराहरूका लागि प्रतिकूल वातावरण हुँदाहुँदै केही वर्षअघि राजाको सक्रिय शासनकालमा हाल नारायणहिटी संग्रहालयका अग्ला-पुराना, बूढा रूख सुरक्षाका दृष्टिले ढालियो। त्यसैले, उनीहरू सीमित रूखमा खुम्चिएर नजिकैको समाज कल्याण परष्िाद्मा पनि झुन्डिएका देखिन्थे। हिजोआज चमेरा बसिरहेका प्रायः सबै रूखहरू काटिएपछि तिनीहरूको बासस्थानको जोखिम अत्यन्तै बढेको छ। यसरी बासस्थानको जोखिम बढ्दै जाँदा अन्त्यमा यी प्रजातिहरू दुर्लभ भई लोप हुन सक्छन्। हामी चिडियाखाना बनाएर जीवजन्तुलाई तारजालीले थुनेर प्रदर्शन गर्दैगर्दा के यस्ता प्राकृतिक चिडियाखानालाई ध्यान दिनु जरुरी छैन ?
दरबार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँगै एकनास हलचल नगरी झुन्डिएका चमेरालाई साँझपख आउने हूलका हूल बकुल्ला र कागले भने एकछिन खैलाबैला बनाउँदा हुन्। अन्य सहरहरूभन्दा भिन्न यस काठमाडाँैमा चराहरूको बाक्लो बसोबास रहेको पाइने र संरक्षणको भाषामा हट-स्पटजस्तो लाग्ने यस राजदरबार, केशरमहल, समाजकल्याण, अमेरकिन दूताबास क्षेत्र दिन र रातमा सक्रिय हुने काग, बकुल्ला अनि चमेराले ज्यादै रमाइलो बनाउँछ।
वन्यजन्तु र चराचुरुंगी संरक्षण गर्न विशेष लागिपरेका एनजीओ, आईएनजीओहरू र सरकारी निकायहरूले पनि यस्ता चराचुरुंगी र वन्यजन्तुको हिसाबले हट-स्पट -राजधानी)जस्तो लाग्ने क्षेत्रहरूमा तत्काल रूख काट्नबाट जोगाउन र यिनीहरूको वैज्ञानिक अनुसन्धान गरी संरक्षणमा सहयोग पुर्याउन जरुरी छ। प्रायःजसो पुराना रूखमा बस्ने हुँदा विशेष ध्यान पुराना रूख जोगाउनु पहिलो कर्तव्य हुन्ोछ।
बढ्दो विश्वव्यापी उष्णता र मानवजन्य स्थानीय नकारात्मक क्रियाकलापको असरबाट यस्ता छुट्टै बासस्थानमा बस्ने प्रजातिको संख्या घट्दै गएर लोप नहोला भन्न सकिन्न। केही गरी सडक विस्तार र भवन निर्माणको कारण देखाएर भएका थोरै रूखहरू काटिएमा आगामी दिनमा यी चमेराहरू पखेटाले वेग हानेपछि नआउने गरी जान सक्छन्। त्यसैले सरोकारवालाहरूको ध्यान जान जरुरी छ।
-विकल्प अधिकारी
No comments:
Post a Comment