Saturday, February 25

पश्चिम सेती जलविद्युत् निर्माणका लागि आइतबारदेखि छलफल सुरु हुने

ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चीनको थिर–गोर्जेजसँग आइतबारदेखि छलफल सुरु हुन लागेको बताएका छन्। थिर–गोर्जेजले सरकारी निजी साझेदारीमा यो आयोजना प्रस्ताव गरेपछि आइतबारदेखि वार्ता हुन लागेको हो।ऊर्जा मन्त्रालयले गत महिना उसको प्रस्तावअनुसार वार्ता गर्न यो कम्पनीलाई पत्राचार गरेको थियो। 

'२६ तारिखमा चिनिया टोली आउँदैछ, उनीहरुसँग थप छलफल हुनेछ,' मन्त्री बोगटीले भने। चिनिया पर्व ल्होसारले गर्दा गत महिना आउन नसकेको टोली आइतबार आएपछि वार्ता सुरु हुनेछ।
१६ वर्षसम्म अष्ट्रेलियाको स्मेक कम्पनीले लाइसेन्स लिएर निर्माण सुरु गर्न सकेको थिएन। गत साउनमा सरकारले यसको लाइसेन्स रद्द गरेको थियो। 
पत्रकार विकास थापाद्वारा लिखित 'नेपालमा जलविद्युत्' पुस्तकको विमोचन कार्यक्रममा मन्त्री बोगटीले विद्युत् प्राधिकरणमा कर्मचारी भर्ना गर्नका लागि सबैतिरबाट दबाब भए पनि अहिलेसम्म नगरेको बताए।
पत्रकार थापाले नेपालको जलविद्युत् क्षेत्रका विभिन्न आयामलाई उल्लेख गरेर लेखेको पुस्तकमा जलविद्युत् आयोजनाहरु अघि बढ्न नसक्नुका रहस्य, अरुण तेस्रो आयोजनालगायतका विषयमा रहस्य सार्वजनिक गरेका छन्। झण्डै १८ वर्षसम्म पत्रकारितामा संलग्न रहेका थापाको पुस्तकबारेमा विश्लेषक सौरभ र पूर्व जलस्रोत सचिव सोमनाथ पौडेलले चर्चा गरेका थिए।

श्रोत: www.nagariknews.com 

No comments:

Post a Comment