काठमाडौँको अमृत साइन्स क्याम्पसमा आईएस्सी द्वितीय वर्षको प्रयोगात्मक परीक्षाको मौखिकमा शिक्षकले सोधे, "काठमाडाँैको कान्तिपथ खण्डको शिक्षा मन्त्रालय र लैनचौरसम्मको बाटो हिँडेका छौ ?" मैले भनेँ, "छु।" "उसो भए त्यहाँका अग्ला रूखहरूमा तुर्लुंग झुन्डिने जनावरको वैज्ञ्ाानिक नाउँ भन त," फेर िशिक्षकले सोधे। म एकतमासले घोरएिँ। र, भनेँ, "चमेरो। पेट्रोपस वा फलाइङ् फक्स।"
व्यावहारकि कक्षाहरूमा यस्ता चमेराका अंगहरू देखिने गरी चित्र बनाउनुपथ्र्यो। विशेषता लेख्नुपथ्र्याे। त्यसैले पनि चमेराहरूप्रति मेरो एक खालको जिज्ञासा र आकर्षण थियो। मैले गुफा, ओसिलो सुनसान ठाउँ, खोँच, भवनका छत, प्वालहरूमा बसेका चमेरा बस्छन् भन्ने थाहा पाएको थिएँ। तर, दरबारको दक्षिणी खण्डमा मोटरगाडीको कोलाहल, मानिसहरूको आवतजावत, वायु र ध्वनि प्रदूषणका बीचमा पनि यी थुप्रै चमेराहरू झुन्डिरहेको देख्दा अचम्म लाग्थ्यो। आफँैले आफँैलाई प्रश्न गर्थें- किन यस्तो भइरहेको छ ?
थाहा भयो, चमेराहरू दुईथरी हुन्छन्। फलफूल खाने र कीराफट्याङ्ग्रा खाने। थुतुनो छोटो भएका साधारणतया उड्नका लागि पखेटा भएकाले चरा वर्गमा पर्नेजस्तो देखिए पनि चमेरा बच्चा जन्माएर दूध चुसाउने हुनाले स्तनधारी वर्गमा पर्छ। हूल तथा बथानमा बस्ने यो ठूलो चमेरा जसको पखेटा आधा मिटर फराकिलो र ३० सेन्टिमिटर लामो, खैरो रंगको भुवाले छोपिएको शरीर र थुतुनो ब्वाँसोको जस्तो हुनाले यसलाई 'उड्ने ब्वाँसो' पनि भनिन्छ। रातमा सक्रिय हुने, पाकेका फलफूल वा कीराफट्याङ्ग्रा खाने, एकान्त मन पराउने, लजालु स्वभावको चमेराको तौल भने निकै कम हुन्छ।