Tuesday, March 15

माथिल्लो मस्र्याङदी'ए'को प्रारम्भिक अध्ययन पूरा

लमजुङ , नेपाल 
एक सय ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी जलविद्युत परियोजना 'ए' को प्रारम्भिक अध्ययन हालै सम्पन्न भएको छ । परियोजनाले प्रारम्भिक अध्ययन पूरा भए पश्चता यसै साताबाट सम्भाव्यता अध्ययनको काम शुरु गर्ने भएको छ ।

'सम्भाव्यता अध्ययनको काम आजैबाट सुर भयो भन्दा हुन्छ,' परियोजनाका प्रर्वधक हेमजङ्ग गुरुङले भने 'हामी जति सक्दो चाडो सम्भाव्यता अध्ययन पूरा गरि पिपिए गरि निर्माणको काम थाल्छौं ।' उनका अनुसार अहिले टोकोग्राफी सर्वे सकिएर वि्रफिङ र बाताबरणीय अध्ययनको कार्य समेत भैरहेको छ । असारभित्रमा ति सवै सम्भाव्यता अध्ययनको काम पुरा गरी पिपिएका लागि नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव गर्ने र ६ महिनामा पिपिए सम्पन्न पश्चत १५ महिनाभित्रमा निर्माण कार्य शुरु गर्ने लक्ष्य रहेको प्रर्वधक गुरुङले बताए ।

'पिपिए नेपालमै गर्ने र अबको १५ महिनाभित्र जसरी पनि निर्माण कार्य थाल्ने हाम्रो योजना छ ।' गुरुङले भने । साँढे २ बर्षअघि एक सय मेगावाटको अध्ययन अनुमति लिएको परियोजनाले प्रारम्भिक अध्ययनबाट ५० मेगावाट बढी उत्पादन हुने सम्भावना देखाएको हो । अध्ययनको विषयबारे परियोजनाले सोमबार साँझ सदरमुकाममा एक कार्यक्रम आयोजना गरि जानकारी गराएको थियो । 


साढे ४ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको परियोजनाको अध्ययनको काम हाल मल्टी मोडेल डेप्लोपर प्रालिले गरिरहेको छ भने लगानी भारतीय राजरत्न इनर्जी होल्डिङ प्रालिको रहनेछ । परियोजनामा नेपालीको २० देखि २५ प्रतिशतसम्म लगानी रहने र प्रभावित क्षेत्र बाहुनडाडा, घेर्मु, ताघि्रङ र खुदी गाविसका स्थानियलाई १० प्रतिशत शेयर प्रदान गर्ने बताएको छ । 

रन अफ द रिभर प्रणालीबाट निर्माण गरिने परियोजनाको बाँध ताघि्रङ र घेर्मुबीचको खानीगाउँमा रहनेछ भने विद्युतगृह खुदी, ७ दोभानचौर पारिपटि रहनेछ । परियोजनाबाट उत्पादित विद्युत प्रस्तावित एक सय ३३ केभीको टारिकुना सव स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने र उक्त विद्युत नेपालमै विक्री गर्ने प्रर्वधक गुरुङले बताए । तर ट्रन्समिटर लाइनको क्षमता नहुँदा गाह्रो हुने उनले बताए । 'हामी विद्युत सवै नेपालमै विक्री गर्ने योजनामा छौं, तर विजुली बोक्ने ट्रन्समिटर लाइनको क्षमता कम भएकाले समस्या हुने देखिन्छ ।' उनले भने । 

परियोजनाले नेपाल सरकारले लिएको दश बर्षमा १० हजार मेगावाट र लमजुङले लिएको १० बर्षमा १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई सगाउ पुग्ने समेत उनले बताए । परियोजनाबाट बाषिर्क ८ सय २५ दशमलव ८५ घेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । 
- प्रेमकुमारी घले
www.ekantipur.com 

No comments:

Post a Comment