पर्वतीय मुलुकहरुको अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा नेपालका तर्फबाट प्रस्तुत गरिने एजेन्डाका सम्बन्धमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा जलवायु परिवर्तन परिषद्को बैठकको अध्यक्षता गर्दै उहाँले आगामी अप्रिल ५ र ६ मा हुने जलवायु परिवर्तनसम्बन्धी पर्वतीय मुलुकहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा आठौँ बैठकबाट पारित गरेको विषयहरुको समेत समीक्षा भएको वातावरणमन्त्री हेमराज तातेडले जानकारी दिए।
यसैगरी कोपनहेगनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी १७ औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट पारित योजनाहरुको कार्यान्वयन के कति भयो भन्ने बारेमा पनि आजको बैठकमा छलफल भएको थियो।
अति कम विकसित देशहरुको तर्फबाट नेपालले जलवायु परिवर्तन सम्बन्धमा अध्यक्षता लिने बेला आएकोले त्यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको मन्त्री तातेडले जानकारी दिए।
बंगलादेशले पनि अध्यक्षताका लागि दाबी गरिरहेको सर्न्दभमा नेपालले कसरी आफनो धारणा सबल रुपमा कसरी अगाडि बढाउने भन्ने सर्न्दभमा पनि गतिलो दबाब पेश गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।