Monday, March 26

नेपालमा औसत वर्षा १३ मिलिमिटर बढ्दो, वर्षातका दिन घट्दो

मनोज अधिकारी
पोखरा, नेपाल 
जलवायु परिवर्तका कारण नेपालमा वर्षेनी औसत वर्षाको मात्रा बढ्दो र वर्षात्का दिनहरु घट्दो क्रममा रहेको विज्ञहरुले बताएका छन्। मौसममा आएको अनेपेक्षित परिवर्तका कारण यसले खण्बृष्टि र अतिबृष्टिको खतरा समेत बढाएको विज्ञहरुले औंल्याएका छन्।  

पृथ्वीको भूमध्यरेखीय क्षेत्रको तुलनामा ध्रुवीय क्षेत्रमा तापक्रम छिटो गतिमा बढ्नुका साथै औसत वर्षा पनि बढ्दै गईरहेको छ। यसले हिउँ तथा हिमनदीहरुको पल्लने दर बढाउनुका साथै समुद्री सहत समेत बढाउँदै लगेको छ। तापक्रमको बृद्विले पृथ्वीको ध्रुवीय क्षेत्रको हिउँको विशाल भण्डार पग्लिंदै गएको विभिन्न तथ्याङ्कले देखाएका छन्। यस्तो अवस्थाले हिमाली क्षेत्रका हिउँ तथा हिमनदीहरुको पग्लिने क्रम तिब्र बनाउँदै लगेको हो छ।

विश्व पानी तथा मौसम दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा विज्ञहरुले जलवायु परिवर्तनका कारण नेपालमा समेत मनसुनी वर्षा छिटो सुरु भई ढिलो अन्त्य हुने गरेको बताए। उनीहरुले यस्तो अवस्थाले तराई र पहाड मात्र नभई हिमाली क्षेत्रमा समेत असर पारिरहेको बताएका छन्। संसारभर बिहीबार अन्तराष्ट्रिय पानी दिवस मनाईया भने शुक्रबार विश्व मौसम दिवस मनाईदैछ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक केशवप्रसाद शर्माले नेपालमा औसत १३ मिलिमिटरका दरले वर्षा बढ्दै गईरहेको जानकारी दिए। मौसमीतथ्याङ्कअनुसार नेपालमा प्रतिवर्ष शुन्य दशमलव ८ (०.८) दिनले वर्षा घटेको पाईएको उनले बताए। 

अहिले वर्षाको मात्रा बढे पनि वर्षात्का दिनहरु क्रमशः घट्दो क्रममा छ' बिहीबार पोखरामा आयोजित कार्यक्रममा शर्माले भने,'मौसमको अनपेक्षित परिवर्तनले नेपालमा वर्षा हुने समय छोटो र वर्षाको मात्रा भने बढी भएको पाईएको छ। 'कुनै स्थानमा खण्डबृष्टिका कारणले वर्षा घट्न गई सुख्खा बढ्दै गएको छ भने कुनै स्थानमा अतिबृष्टिको स्थिति रहेको छ। मौसमको यस्तो अवस्थाले बाढी पहिरो तथा भू-क्षय जस्ता दैवी प्रकोपहरु बढिरहेका छन्।

मौसमविदहरुले जलवायु परिवर्तनका कारण नेपालको मात्र नभई विश्वकै तापक्रममा समेत वर्षेनी बृद्धि भईरहेको बताएका छन्। विशेष गरि उत्तरी ध्रुवीय क्षेत्रमा विगत एक सय वर्षमो औसत तापक्रम दोब्बर बढेको उनीहरुको भनाई छ। सन् १९०६ देखि २००५ सम्ममा पृथ्वीको तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको विज्ञहरुले औंल्याएका छन्।

नेपालको औसत तापक्रम प्रति वर्ष ०.०४ देखि ०.०६ डिग्री सेल्सियसका दरले बढिरहेको छ। अर्को एक तथ्याङ्कअनुसार नेपालको तापक्रम प्रतिदशक ०.४१ डिग्रीका दरले बढेको पाईएको छ। भौगोलिक क्षेत्रका आधारमा तराई र मध्यपहाडी क्षेत्रभन्दा उच्च पहाडी, हिमाली तथा हिमाल पारिका क्षेत्रमा तापक्रमको बृद्विदर बढी पाईएको छ।

विज्ञहरुले जलवायु वरिवर्तनका कारण पानी, उर्जा, कृषि, वन, स्वास्थ्य, उद्योगजस्ता समग्र जिविकोपार्जन तथा अर्थतन्त्रमा अन्य क्षेत्रभन्दा बढी असर परिरहेको बताएका छन्। परम्परागत कृषि प्रणाली पछ्याउँदै आएका नेपालका ८० प्रतिशतभन्दा बढी जनता अझै पनि आकाशे पानीको भर पर्छन्। जलवायु परिवर्तनकै कारण वर्षामा आएको उतार-चढाबले कृषि उत्पादनमा प्रत्यक्ष असर पारेको छ।

नेपालमा करिब ३ हजार २ सय ५२ हिमनदी ता २ हजार ३ सय २३ हिमतालहरु छन्। तापक्रम बृद्विले ती हिमनदी तथा तालहरुको संरचना र आकार बढ्दै गएका छन्। तापक्रम बृद्विकै कारण पूर्वी नेपालको खुम्बु हिमनदी सन् १९५३ देखि ५ किलोमिटर घटेको छ। एक अध्ययनअनुसार तापक्रम बृद्वि ४ डिग्री पुग्ने हो भने नेपालका सबै हिमनदीहरु बिलाएर जाने छन्।

जलवायु परिवर्तनले जलक्रममै असर पर्न गई जलसम्पदामा निर्भर खानेपानी तथा सिंचाई परियोजनामा प्रत्यक्ष असर पर्न थालेका छन्। बढ्दो तापक्रमका साथै डँढेलो, नयाँ खालका किरा र जीवाणुले वन विनासमा सहयोग पुर्‍याइरहेको छ। विकसित मुलुकको तुलनामा नेपालले हरितगृह ग्यास नगन्य मात्रामा उत्पादन गर्दै आए पनि जलवायु परिवर्तनको संकेत र नकारात्मक प्रभाव भने नेपालमा पनि देखिएका छन्। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक शर्माकाअनुसार नेपालले विश्वभर उत्पादन हुने हरितगृह ग्यासको ०.०२५ प्रतिशत मात्रै उत्पादन गर्छ।

तर जलवायु परिवर्तनका नकारात्मक असरबाट जोखिममा पर्ने देशहरुमध्ये नेपाल चौंथो स्थानमा परेको छ' उनले भने,'यसले आफुले खासै हरितगृह ग्यास उत्पादन नगरे पनि अर्काको कारणले पनि हामी बढी खतरामा छौं भन्ने देखाउँछ। विभागका उपमहानिर्देशक गौतम राजकर्णिकारले जलवायु परिवर्तनकै कारण विश्वभर औसत वर्षा बढ्दै गएको पाईएको बताएका छन्। उनले वार्षिक ०.५ देखि १ प्रतिशतका दरले पृथ्वीमा औसत वर्षा बढेको तथ्याङ्क पेश गरे।

यो वृद्धिदर वायुमण्डलमा रहेका हरितगृह ग्यासको मात्रामा निर्भर रहन्छ' उनले भने,'हरित ग्याँस उत्सर्जन बृद्विसँगै पृथ्वीको तापक्रममा समेत डरलाग्दो बृद्वि भईरहेको छ।' वैज्ञानिकहरुको अध्ययनअनुसार जलवायु परितर्वनकै कारण सन् १९९० पछिको दशक संसारमै अहिलेसम्म सबैभन्दा बढी तातो दशक बनेको छ। यस्तै सन् २०१० लाई अहिलेसम्मकै सबैभन्दा बढी गर्मी वर्षाका रुपमा लिईएको छ। जलवायु परिवर्तनका कारण सन् २१०० को अन्त्यसम्म पृथ्वीको औसत तापक्रम १.४ देखि ५.८ डिग्री सेल्सियससम्म बढ्ने अनुमान छ। एक तथ्याङ्कअनुसार अफ्रि'का महादेशमा प्रतिदशक ०.२ देखि ०.५ डिग्रीसम्म तापक्रम बढ्दै आएको छ। यस्तै मेसो अमेरिका दक्षिण अमेरिकामा १ डिग्री सेल्सियस तापक्रम बृद्धि भएको छ।

यस्तै एसियामा हिउँदको समयमा समेत तापक्रम बृद्धि हुन थालेको छ' मौसमविद् शर्माले भने,'यसरी जलवायु परिवर्तनको असरले हिमाल, तराई, पहाड जुनकुनै ठाउँमा प्रभाव पार्न थालिसकेको छ। विज्ञकाअनुसार एकतिर हिउँ पग्लिएर बगेको पानी समुद्रमा थपिँदा सतह बढ्दै गएको छ। अर्कोतिर तापक्रम बृद्विले समुद्री पानीको आयतनमा बृद्वि भई समुद्र सतह बढ्न मद्दत पुर्‍याईरहेको छ। सन् १९६१ र २००३ को बीचमा प्रतिवर्ष १.८ मिलिमिटरले समुद्र सतहत बृद्वि भएको छ। यस्तै सन् १९९४ देखि २०१० सम्मको तथ्याङ्क हेर्दा समुद्र सतह प्रतिवर्ष २.७ देखि ३.५ मिलिमिटरले बढेको पाईएको छ। सन् २१०० को अन्त्यसम्म समुद्रको सहतमा ०.१८ देखि ०.५९ मिटर बृद्वि भई केही तटिय मुलुक डुबानमा पर्न सक्ने अनुमान गरिएको छ। माल्दिभ्स, फिजी र टुभालु जस्ता मुलुक समुद्री सतहको बृद्धिकै कारण डुबानमा पर्ने विज्ञहरुले चेतावनी दिएका हुन्।

६२ वर्ष अगाडी सन् १९५० मार्च २३ मा विश्व मौसम संगठनको स्थापना भएको हो। संगठन स्थापनाको एक वर्षपछि संयुक्त राष्ट्र संघले यसलाई आफ्नो एउटा विशेष अङ्गका रुपमा मान्यता दिई हरेक वर्ष विश्व मौसम दिवस मनाउने गरिएको हो। नेपालले अविछिन्न रुपमा सन् १९६५ देखि विश्व मौसम संगठनको आबद्ध सदस्यका रुपमा मौसम तथा जलवायु परिवर्तनसंग सम्वन्धित तथ्या•क संकलन गरिरहेको छ। सुरुवातको १५ वर्ष सिचाई विभाग मातहत रहेको जल तथा मौसम विज्ञान विभाग विज्ञान तथा प्रबिधि मन्त्रालय हुँदै अहिले वातावरण मन्त्रालयअर्न्तगत रहेको छ।

वास्तवमा नेपाललाई नखाएको बिष लागेको छ' क्षेत्रीय हावपानी कार्यालय पोखराका प्रमुख निराजन सापकोटाले भने,'विश्वव्यापी रुपमा बढ्दै गइरहेको तापक्रम सबै सचेत वर्गका लागी टाउको दुखाइएको विषय बनेको छ।

श्रोत: www.nagariknews.com

No comments:

Post a Comment